कामना सेवा विकास बैंकले इन्टरनेट बैंकिङबाट दिने सेवा बढायो

बैंकिङ खबर । कामना सेवा विकास बैंकको  हाल सञ्चालनमा रहेको ई(बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

उक्त सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, ई(सेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, एनटीसी, एनसेल, पीएसटीन, स्मार्ट सेलहरुमा मोबाइल टपअप गर्न तथा तालिकाहरु बनाई विभिन्न भुक्तानी तथा ईएमआई पेमेन्टहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ । साथै, यो सेवा लिएको पहिलो वर्ष कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ८३ वटा शाखा तथा ३८ वटा एटिएम मार्फत ग्राहकहरुलाई आप्mनो सेवाहरु प्रदान गर्दै आएको छसमय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *