June 9th, 2016

हकप्रद शेयर निष्काशन गर्दै मञ्जुश्री फाइनान्स 

manjushreeमञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनले १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । फाइनान्सको बुधवार सम्पन्न साधारणसभाले सो प्रस्ताव स्विकृत गरेको छ । विषेश साधारणसभावाट पारित भएपछि तत्कालै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ । 

हकप्रद जारी भएसंगै फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख ७८ हजार पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ । कम्पनीले केही समयभित्रै चुक्ता पुँजी एक अर्ब रुपैयाँ पु¥याउने जनाएको छ ।