बैंकिङ खबर । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २४ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ४५ दशमलव २९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको चैतसम्म बैंकले ८५ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ८० अर्ब ९६ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । १४ प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण प्रवाहको वृद्धि २० प्रतिशत धेरै छ।
बैंकको आधार ब्याजदर पुस अन्तिममा १०.९९ रहेकोमा चैत अन्तिममा १०.५२, कस्ट अफ फण्ड पुसमा ७.९८ रहेकोमा चैतमा ७.९६, सीसीडी अनुपात पुसमा ७७.६४ प्रतिचशत रहेकोमा चैतमा ७७.३६ रहेको छ । पुसको तुलनामा चैतमा पुँजी पर्याप्तता अनुपात १२.८३ बाट १२.६३ मा झरेको छ ।