April 19th, 2019

सिद्धार्थ बैंकको ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा

बैंकिङ खबर । सिद्धार्थ बैंकले वैशाख १ गते देखि लागु हुने गरी ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो । नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बंैक खाता खोल्ने अभियान बमोजिम यस खाता सञ्चालनमा ल्याएको हो ।

खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने छ । शून्य मौज्दातमा खाता खोल्न सकिने खातामा ग्राहकले वार्षिक ६ प्रतिशत व्याजदर पाउने छन् । साथै, निःशुल्क चेकबुक र एबीएबीएस सुविधा रहेको बैंकले जनाएको छ ।

हाल बैंकले देशभर १ सय ४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६० एटीएम र १ हजार ३ सय भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]