June 9th, 2016

झिमरुक विकास बैंकको हकप्रद साधारण शेयर बोलकबोलबाट विक्रि हुँदै

jhimruk-bankझिमरुक विकास बैंक लिमिटेडको ८ हजार ६ सय २ कित्ता हकप्रद शेयर बोलकबोल बिक्री गरिने भएको छ ।  असार १३ गते देखि विक्रि गरिने शेयरको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार १९ रहेको छ ।

बैंकले शेयरको लागि २०७२ चैत १७ गते देखि २०७३ वैशाख २१ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकि रहेको संस्थापक समुह तर्फ ४ हजार ८९ कित्ता र सर्वसाधारण समूह तर्फ ४ हजार पाँचसय १३ कित्ताको लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर १ सय रुपैँया तोकिएको हुँदा सो वा सो भन्दा बढी मुल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीले बाँडफाँडमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । कम्पनीको बिक्री प्रबन्धक ग्रोमर मर्चेण्ट लिमिटेड रहेको छ ।

jhimruk