April 17th, 2019

कामना सेवा विकास बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित थाना चोकमा आज वैशाख ४ गते आफ्नो ८३औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं. २ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

हालसम्म बैंकले ८३ वटा शाखा तथा ३८ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]