Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर राजविराजको मालपोत कार्यालयमा

२०७६ बैशाख ४ गते

बैंकिङ खबर । सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालन भएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

उक्त एक्स्टेन्सन काउण्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

उक्त एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । कामको सिसिलामा मालपोत कार्यालय राजविराजमा आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

Ad