Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ संचालनमा

२०७६ बैशाख ४ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ल्याएको छ । कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको लागि उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ ।

उक्त खाता खोले बापत बैंकले १ सय रुपैया खातामा जम्मा समेत गरिदिने छ । ५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेकोकुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द« मार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

हालसम्म बैंकले ९९ वटा शाखाहरु र ८३ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय ८२ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १ सय २१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Ad