April 17th, 2019

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई

बैंकिङ खबर । गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]