April 17th, 2019

जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा

बैंकिङ खबर । जनता बैंकले लम्कीचुहा नगरपालिका वडा नं. ४, बलियामा नयाँ शाखा विस्तार गरेको छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे ।

उक्त समुद्घाटन कार्यक्रम बोल्दै, सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे ।

यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखाँ अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । १ हजार जना भन्दा बढीकाृ आँखाँ परिक्षण गरिएको उक्त आँखाँ शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।

हालसम्म बैंकले मुलुकभर १ सय २९ वटा शाखा कार्यलय, ९६ एटिएम, ५० शाखा रहित बैंकिङ, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ सेवा पु-याइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]