Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक इन्फोसिस फिनाकलबाट सम्मानित

२०७६ बैशाख ३ गते

बैंकिङ खबर । हालै भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।

Infosys Finacle को उक्त समारोहको यस संस्करणमो “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank / Emirates NDB (UAE) उपविजेता भएका छन् ।

आफ्नो कोर बैंकिङ सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ ।

अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ । यसरी नै नेपाली बैंकहरुमा भएको क्षमता र सम्भावनालाई पनि आगामी दिनहरुका लागी उजागर गर्न सकिन्छ भन्नेमा बैंक विश्वस्त छ ।

Ad