April 15th, 2019

सिटिजन्स बैंकले ल्यायो “सिटिजन्स सरल बचत खाता”

बैंकिङ खबर । “समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता”भन्ने नेपाल सरकारको अभियानलाई सफल पार्नको लागि सिटिजन्स बैंकले नयाँ बचत योजना“सिटिजन्स सरलबचत खाता” बैंशाख १ गतेदेखि लागु हुनेगरी सर्वजनिक गरेको छ। यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फ बाट १ सय रुपैयाँ खातामा राखिदिने ब्यवस्था गरिएको हो ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । “सिटिजन्स सरलबचत खाता”मा भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा(मोबाईलबैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित थ्री डी सेक्युर प्रविधिमा दर्ता, लगायत अन्य सेवाहरू उपलब्ध छन् ।

हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]