April 15th, 2019

Xpress Money र जिएमइ रेमिटबीच विप्रेषण सम्झौता

बैंकिङ खबर । Xpress Money र जिएमइ रेमिटबीच विप्रेषण संझौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र Xpress Money को तर्फबाट संचालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात Xpress Money मार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ ।

हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]