Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काठमाडौंको राष्ट्रिय सभा गृहबाट शुरु भयो ‘खोलौं बैंक खाता’ अभियान

२०७६ बैशाख १ गते

बैंकिङ खबर ।  अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त सहकार्यमा खोलौं बैंक खाता अभियान शुरु भएको छ । नयाँ वर्षको अवसर पारेर ‘खोलौं बैंक खाता’ अभियानको शुरुवात गरिएको हो । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरी खाता खोल्ने अभियानको शुरुवात गरिएको हो ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यान्वयन गर्न अर्थमन्त्रालयले अभियानकै रुपमा अगाडी बढाएको हो । यो अभियानबाट अहिले सम्म बैंकमा खाता नभएकाहरुलाई समेटने लक्ष्य राखिएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले सहुलियत समेत दिएको छ । राष्ट्र बैंकले सामाजिक सुरक्षकोषमा छुट्याएको बजेटबाट नयाँ खाता खोल्नेहरुले सुरुमै १ सय रुपैयाँ पाउने छन् ।

देशभर ‘खोलौं बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश शाखाहरु खुल्ला राखेका छन् । वार्षिक एकलाख रुपैयाँ सम्म कारोबार गर्न मिल्ने यो खाता खोल्न सजिलो तरिका अपनाइएको छ । खाता खोल्न चाहिने कागजातहरुमा पनि सरलिकरण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ वटा खाता खुलेका छन् ।

Ad