April 13th, 2019

खोलौं बैंक खाता अभियानको लागि सनराइज बैंकको “सनराइज समृद्धि बचत खाता”

बैंकिङ खबर । सनराइज बैंकले खोलौ बैंक खाता अभियान, २०७६ लाई आत्मसाथ गर्दै “सनराइज समृद्धि बचत खाता” सञ्चालनमाा ल्याएको छ । बैंकमा उक्त खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिनेछ । “सन्राइज समृद्धि बचत खाता” मा पनि बैंकले अरु बचत खातावालहरुलाई दिँदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ । बैंकले खाता खोल्नको लागि सहज बनाउने उद्देश्यले २०७६ बैशाख १ गते आईतबार सम्पूर्ण शाखाहरु बिहान १० बजे देखि दिउसो १ बजे सम्मको लागि खुल्ला गर्ने भएको छ ।

सन्राइज बैंकले नेपालभर १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत ५ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]