नेशनल माइक्रोफाइनान्सले ३ करोड रुपैँया बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनिलाई साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले गत सोमबार स्वीकृति दिएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले एनआईबिएल क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले स्वीकृति पाए पछि साधारण शेयर निष्काशनका लागि आह्वानपत्र जारी गर्ने तयारी सुरु गर्न लागेको क्यापिटलले जनाएको छ ।




