Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी लाईफको बीमा सेवा सिटिजन बैंकबाट पनि

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । सिटिजन्स बैंकले महालक्ष्मी लाइफको बीमा सेवा प्रदान गर्ने भएको छ । उक्त बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्भौतामा दुई संस्था बीच हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकहरुले देशभर रहेका जुनसुकै शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । जसमा जीवन बीमा पोलिसि खरिद गर्ने, प्रिमियम रकम बुझाउने, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सम्बन्धी सेवाहरु बैंकले प्रदान गर्ने छ ।

बैंकले देशैभर ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख सेवाग्राहीलार्ई आधुनिक बैंकिङ सुेवा प्रदान गरिरहेको छ । भने सेवालाई अझै प्रभावकारी बनाउन सात वटै प्रदेशमा प्रादेशिक कार्यलय स्थापना गरिसकेको छ ।

Ad