Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनबिआईको वित्तीय साक्षरता अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको साथ

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा विस्तार गर्ने सम्झौता भएको छ । चैत्र २४ गते भएको सम्झौतामा नेशनल बैंकिङ ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रंजित मास्केले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे जानकारी गराइने छ । त्यपछि बैंकले सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाईल एपका बारे जानकारी गराई सेवाग्राही समक्ष वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्न प्रेरित गर्नेछ ।

बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

Ad