बैंकिङ खबर । सहयोगी विकास बैंकले सामाजि उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । चैत १७ गते आईतबार आएको बिनाशकारी आँधीहुरीले बारा र पर्सा जिल्लाका बासिन्दाहरुको जिउधनमा पु¥याएको क्षती प्रति दुःख ब्यक्त्त गर्दै पिडितहरुका लागिसहयोग गर्ने गरेको छ ।
सोही अनुरुप आज प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुनेगरी १, लाख ११ हजार १ सय चेक प्रदेश नं. २ का अर्थमन्त्रि बिजय कुमार यादब लाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।