April 4th, 2019

भारतीय सिमा क्षेत्रका थप ५ भन्सार कार्यलयबाट प्रभुको बैंकिङ सेवा

बैंकिङ खबर । नेपाल सरकारले स्तरोन्नती गरेका भारतिय सिमा क्षेत्रस्थित भन्सार कार्यलयहरुमा प्रभु बैंकले सेवा दिने भएको छ । बैंकले यसअघि भारतीय सिमा क्षेत्रमा रहेका अन्य भन्सार कार्यलयमा बैंकिङ सेवा शुरु गरिसकेको छ । बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकिङ काउन्टर स्थापना गरी २०७६ बैशाख बाट सेवा प्रारम्भ गर्ने भएको हो । उक्त स्थानहरुमा बैंकिङ कार्यलय स्थापना गर्ने सम्बन्धी सम्झौतामा विहीबार एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आँकडामा वृद्धि हुन जाने बिश्वास लिईएको छ ।

बैंकले सेवा शुरु गरेसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैकिड. सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]