Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको रक्तदान कार्यक्रम

२०७५ चैत्र २१ गते

बैंकिङ खबर । कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुको आयोजना गरेका छन् । सोही अवसरमा बैंकको कर्मचारी संघले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा पुतलीसडक शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् ।

बैंकले हाल देशभर रहेको ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा, सुविधाहरू प्रदान गरिरहेको छ ।

Ad