एनएमबि बैंकले आफ्नो डेविट कार्डको प्रयोगमा ५ प्रतिशतको छुट योजना ल्याएको छ । भाटभटेनी सुपरमार्केटको कुनै पनि शाखाबाट एनएमबि बैंकको डेविट कार्ड प्रयोग गरि शपिङ्ग गरेमा ग्राहकले यो छुट योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ । नयाँ तथा पुराना ग्राहकलाई लाभान्वित हुनेगरि तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।