April 4th, 2019

ओम डेभलपमेन्ट बैकद्धारा मन्दिर पुनःनिर्माणका लागि सहयोग

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिर पुन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले १ लाख ११ हजार १ सय ११ को चेक समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुबिधा हुने बैंकले विश्वास लिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]