April 4th, 2019

बारा र पर्सामा बीमाको पहुँच पुगेन की शिक्षा पुगेन् ? क्षतिको दावी आउने सम्भावना न्यून

विजय पराजुली/बैंकिङ खबर । नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको मुलुक हो । चाहे त्यो हावा हुरी होस्, चाहे भुकम्प होस् अथवा बाढी पहिरो नै किन नहोस् । यस्ता प्रकृतिक विपदको जोखिम न्यूनिकरणको लागि अहिले पनि १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीले काम गरिरहेका छन् । यसै साता मध्य तराईका दुई जिल्ला बारा र पर्सा प्राकृतिक विपत्ती हावाहुरीको चपेटमा पर्न पुग्यो । उक्त विपत्तीबाट ठुलो मात्रामा जन धनको क्षति भएको छ ।

हुनत नेपालमा प्रमाकृतिक विपत्ती नपरिकन त्यसको न्यूनिकरण गर्ने उपायको विषयमा पनि खासै कुरा हुने गरेको पाइदैन् । २०७२ को विनासकारी भुकम्पपछि बीमाको आवाश्यकताको बारेमा निकै बहस पनि भयो । तर अहिले बीमा गर्नुपर्छ भन्ने कुरा सबैले विर्सिएका छन् । अहिले बारा र पर्सामा हुरीबाट ठुलो मात्रामा जनधनको क्षति भएपछि फेरी बीमाको बहस सुरु भएको छ । जुन स्वभाविक पनि हो । करिब तिन दर्जन भन्दा बढी मानिसको ज्यान गएको र सयौंको संख्यामा अंगभगं हुँदा समेत त्यस क्षेत्रमा बीमाको दावी आउने सम्भावना न्यून देखिन्छ । किन भने स्वयं बीमा व्यवसाय गर्दै आएका मानिसहरु नै त्यस क्षेत्रमा उद्योग र सवारीसाधनको मात्र बीमा भएको बताउँदै आएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि जीवन बीमा कम्पनीहरुले दावी नआएको र आउने सम्भावना पनि नभएको बताएको जानकारी दिए । उनले निर्जीवन बीमा तर्फ पनि बीमा गरिएका केही उद्योग र सवारीसाधनमा क्षति पुगेको र तीनको विवरण आउन समेत बाँकी रहेको बताएका छन् । उनका अनुसार यस्तो दावी पनि न्यून हुने छ ।

हावाहुरिले क्षति पुर्याएको अधिकाम्स भुभाग लघुबीमा तथा लघुउद्ययमीलतामा केन्द्रित रहेको क्षेत्र भएकाले लघुबीमा तर्फ ठुलै क्षति भएको तर अहिले नै यकिन कति क्षति भयो भन्ने तथ्याङ्क आइनसकेको निर्धन उत्थान लघुवित्त क्षेत्रीय कार्यलय बिरगञ्जका प्रमुख विष्णुप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले बीमा कम्पनीहरुले विलाशिताका बस्तुहरु व्यपार तथा गोदामको मात्र बीमा गर्ने भएकाले त्यसमा धेरे दावी नपर्ने बताउँछन् । तर वास्तविक जोखिम हुने क्षेत्र लघु उद्यमशीलता मार्फत बीमाको दायरामा ल्याउन बीमक संघ र लघुवित्त बैंकर्स एशोसिएसनले मिलेर लघुबीमा कार्यक्रम सञ्चालन गरेकाले लघुबीमा अन्तर्गत ठुलै परिमाणमा दावी आउन सक्ने बताए ।
यति ठुलो मात्रमा जतनधनको क्षति हुँदा समेत लघुबीमा भन्दा अन्य क्षेत्रको दावी आउने सम्भावना कम हुनुले बीमा कम्पनीहरु अझैपनि सहर केन्द्रित भएको पुष्टि हुन्छ । यति ठुलो विपत्तीमा पनि बीमाको दावी न्यून हुनुमा बीमा कम्पनीहरु ग्रामिण क्षेत्रमा नजानु र बीमा शिक्षाको अभाव हुनु दुवै महत्वपूर्ण कारण रहेको बीमा विज्ञहरु बताउँछन् ।

स्वास्थ बीमा तर्फ कतिले उपाचार लिए भनेर तथ्याङ ल्याउन सम्भव नरहेको स्वास्थ्य बीमा बोर्डका बरिस्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बैंकिङ खबरसँगको कुराकानीमा बताए । बारा जिल्लामा स्वास्थ बीमा कार्यक्रम नै सुरु नभएको र पर्सा जिल्लमा केही ठाउँम सुरु भएको भए पनि तुलनात्मक रुपमा स्वास्थ्य बीमामा सहभागि हुनेको संख्या कम रहेको उनले बताए । पर्सा लगायतका प्रदेश दुई अन्र्तरगत पर्ने जिल्लामा स्वास्थ्य बीमा प्रति आकर्षकण कम देखिएको उनको भनाई छ । बिरामीहरु अस्पताल भर्ना भएपछि अस्पतालमा उपचार गराउने र स्वास्थ्य बीमा गरेका मानिसहरुले रोगको आधारमा उपचार गराउने हुनाले उक्त प्रकोपबाट यति नै बिरामीले लाभ लिए भन्ने एकिन तथ्याङ आउन नसक्ने उनको भनाई छ ।

निर्जीवन बीमा कम्पनी तर्फ सम्पत्तिमा भएको क्षतिको समेत खासै दावी नआएको तर उद्योग तथा सवारी साधनमा भएको क्षतिको भने दावी आउने क्रम चलिरहेको लुम्बिनी जनरल इन्स्योरेनसका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान बताउँछन् । यही माघ १ गते बाट लागु हुने गरी बीमा समितिले न्यूनतम दरमा सम्पत्ति बीमालेख पनि लागु गरेको छ । तर सम्पत्तीको बीमा गर्न बिमितहरुले भने खासै इच्छा नदेखाएको उनले बताए । ‘बीमा शिक्षाको अभावमा मात्र बीमा गर्नेको संख्या बढ्न नसकको होइन्’ उनले भने । सहरमा बस्ने अधिकांश शिक्षित मानिसहरुले पनि बीमा नगर्ने गरेको प्रधानले बताए । बारा र पर्सामा भएको क्षतिको विवरण आउनसाथ बीमा कम्पनिहरु दावी भुक्तानीको लागि तयार रहेको समेत प्रधानले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]