April 4th, 2019

भार्गव विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर । भार्गव विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि चैत २२ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागि भई लाभांश पाउनेछन् ।

हाल चुक्ता पूँजी ५० करोड १६ लाख रुपैयाँ रहेको बैंकले साधारण सभाले अनुमोदन गरे पछि ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ५० करोड पुर्याइसकेको यस विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद मात्र बाँड्ने भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]