Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको साधारणसभा वैशाख १२ गते बस्ने

२०७५ चैत्र २१ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले वैशाख १२ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले ८ औं वार्षिक साधारणसभा गर्न लागेको हो । बैंकले ४ दशमलव ५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव सहित वार्षिक साधारण सभा आवहान गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँ छ । २ प्रतिशत नगद लाभांश वितरण भएमा बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

वार्षिक साधारणसभाका लागि बैंकले चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत २८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउने छन् ।

Ad