April 3rd, 2019

शाखा विस्तारमा आक्रमक बन्दै कामना सेवा, मोरङको पथरीमा पनि पुग्यो

बैंकिङ खबर । कामना सेवा विकास बैंकले पथरी सनिस्चरे नगरपालिकाको वडा नं १,पथरी बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखा बैंकका संचाल बलराम बराल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सयुक्त रुपमा गरे ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

हालसम्म बैंकले ७९ वटा शाखा तथा३४ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]