Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटलले पायो संचालन अनुमति

२०७५ चैत्र १९ गते

बैंकिङ खबर । मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस्ले मर्चेन्ट बैकिङ व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ । मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।

मार्केट्सले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वर स्थित केन्द्री यकार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने छ ।

ग्राहकहरुको सुविधा, लगानी उद्देश्यत तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु पूँजी बजारमा ल्याउनु नै कम्पनीको मूल उद्देश्य मार्केट्सले जनाएको छ । हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँरहेको छ ।

Ad