Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२ अर्बको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

२०७५ चैत्र १९ गते

बैंकिङ खबर । नबिल बैंकले ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केटसँग ऋणपत्र निष्काशन तथा व्यवस्थापन सम्झौता गरेको छ । बैंकले २ अर्ब बराबरको (२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ १ हजारका दरले) ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । लक्ष्मी क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायीको रुपमा प्राथमिक सेयर निष्काशन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले ७५ वटा शाखाहरुको सञ्जाल, १ सय २८ वटा एटिएम र १ हजार ५सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Ad