बैंकिङ खबर । कामना सेवा विकास बैंकले बुटवल नगरपालिकाको वडा. न. २ मैनाबगरमा नयाँ शाखा कार्यल संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक भिम प्रसाद तुलाचनले गरे ।
सञ्चालक तुलाचनले उक्त शाखाको समुद्घाटन गर्दै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा समेत जानकारी दिएका थिए ।
हालसम्म बैंकले ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत आफ्ना गा्रहकहरुलाई आधुनिब बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले विभिन्न् किसिमका आधुनिक बैंकिङ टेक्नोलोजी गायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।