Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकले पनि शुरु गर्यो अष्ट्रेलियाबाट रेमिट्यान्स सुविधा

२०७५ चैत्र १८ गते

बैंकिङ खबर । मेगा बैंकले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट ’ सेवा सुरु गरेको छ । बैंकले अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा सुरु गरेको हो ।

सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमिट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यस सेवाले गैर आवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम सकिने छ ।

Ad