Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको एकै साथ ८ शाखा रहित बैंकिङ सेवा संचालनमा

२०७५ चैत्र १७ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले कास्कीमा एकै पटक ८शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा गरी ८शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतनी, साथै कर्जा आवेदन गर्न सकिन सुविधाको समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

हालसम्म बैंकले ९६ वटा शाखा, र ११९ वटा एटीएम र ७३ शाखा रहित बैकिङ सेवा गरी जम्मा १ सय ६९ स्थानबाट ग्राहकलाई बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

Ad