बैंकिङ खबर । कृषि विकास बैंकले आफ्ना हेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।
साथै, सभाले बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट तीन जना संचालक सदस्य निर्वा्चित गरेको छ । संचालक सदस्यमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वा्चित भएका हुन् ।
उक्त सभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा सम्पन्न भएको थियो ।
हालसम्म बैंक, २ सय ७१ वटा शाखा कार्यलय तथा एटिएम लगायतका आधुनिक बैंकिङ इकाइहरुबाट आफ्ना ग्राहाकलाई आधुनिक बैकिङ्ग सेवा दिँदै आएको छ ।