Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जेबिल्स फाइनान्सले १.७४ प्रतिशत लाभांश दिने

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । जेबिल्स फाइनान्सले आफ्ना शेयरधनीलाई १ दशमलव ७४ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको १.७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फाइनान्सले १.२४ प्रतिशत शेयर लाभांश र बोनसको कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सको चैत्र १३ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५ सय रुपैयाँको १.२४ प्रतिशत अर्थात एक करोड ३२ लाख ५६१ रुपैयाँको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण गर्ने निणर्य नेपाल राष्ट्र बैंकको स्वीकृती र फाइनान्सको आगामी साधारण सभाले अनुमोदन गरे पश्चातमात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले किन्ने भएपछि जेबिल्स फाइनान्सको नेप्सेमा फागुन २७ गतेदेखि शेयर कारोबार बन्द छ।

Ad