Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले प्रदेश १ र २ को उदयपुर र सप्तरी जिल्लाको त्रियुगा र राजविराज नगरपालिका, वडा नं ११ र ४ मा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको सयुक्त रुपमा गरे ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं. २ मा दश शाखा र प्रदेश नं. १ मा ४ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।

हालसम्म बैंकले ७७ वटा शाखा कार्यालय तथा ३२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदा नगर्दै आएमको छ ।

Ad