Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको साधारणसभा चैत १५ गते, २१ प्रतिशत लाभांश प्रस्ताव

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । कृषि विकास बैंकले आगामी चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले कम्पनीको २१.०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ ।

सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५.०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ ।

बैंकको सभा सो दिन बिहान ११ बजे भक्तपुरको बोडेस्थित कृषि विकास बैंक केन्द्रय तालिम प्रतिष्ठानमा बस्दै छ

Ad