Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चैत २७ गते सप्तकोशी डेभलपमेन्ट बैंकको साधारणसभा हुने

२०७५ चैत्र १२ गते

बैंकिङ खबर । सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते विशेष साधारणसभा गर्ने भएको छ । बैंकले उक्त साधारणसभा बिहान ११ बजे बिराटनगरको उद्योग संगठन मोरङमा हुने भएको छ ।

बैंकले कोबेली विकास बैंकसँग मर्जमा जाने प्रस्ताव सहित विशेष साधारणसभा डाकेको हो । साथै, उक्त दुई विकास बैंक एक आपसमा गाभिने प्रयोजनका लागि नेप्सेमा माघ ४ गतेदेखि बुक क्लोज रहेको छ । दुई संस्थाबीच एकीकृत कारोबार नभएसम्मका लागि बैंकको बुक क्लोज रहने संस्थाले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, काबेली विकास बैंकका चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Ad