बैंकिङ खबर । सनराइज बैंकले १ अर्ब रुपैयाँ बराबारको १० लाख युनिट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो। बैंकले सो ऋणपत्र आगामी चैत २० गतेबाट खुल्ला गरी छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गते बन्द गर्ने छ ।
५ वर्षको लागि बार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले जारी गर्ने १० लाख युनिट ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि छ भने बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट व्यक्तिगत रुपबाट अन्य कम्पनीहरुलाई बिक्री गर्ने छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल रहेको छ ।
ऋणपत्रमा आवेदन दिँदा न्यूनतम २५ युनिटको १ हजार रुपैयाँका दरले २५ हजार रुपैयाँदेखि ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।