March 25th, 2019

रिलायन्स फाइनान्सले सुरु गर्यो क्लियरिङ्ग हाउसको connectIPS e-Payment सेवा

बैंकिङ खबर । रिलायन्स फाइनान्स नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा आवद्ध भएको छ । सोमबारबाट कारोबार शुरु गर्ने गरि नेपाल क्लियरिङ्ग हाउसले रिलायन्स फाईनान्स उक्त प्रणालीमा आवद्ध गराएको हो । रिलायन्स फाईनान्सका ग्राहकहरुले पनि अब अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीको तथा मोबाईल एप्सबाट आफ्नो खाता मार्फत अनलाईन कारोबार गर्न सक्नेछन् ।

क्लियरिङ्ग हाउस उक्त प्रणालीमा बैंक तथा फाईनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराएपछी यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरोसेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवे जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले अनलाईन कारोबार १ लाख रुपैयाँ सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँ सम्मको कारोबार गर्न सक्नेछन् ।

connectIPS e-Payment प्रणालीमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेकोमा ४५ वटा बैंक वित्तीय संस्थाहरुले उक्त सेवा उपलब्ध गराइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]