March 25th, 2019

वित्तीय साक्षरता अभिवृद्धिका लागि राष्ट्रिय वाणिज्य बैंक र एनबीआई विच सम्झौता

बैंकिङ खबर। राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआई) वीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।

सम्झौतामा एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई जानकारी गराईने उल्लेख छ । बैंकले आफ्ना सबै शाखामा कार्यरत कर्मचारीहरुलाई लदष् ःयदष्भि ब्उउ को बारेमा जानकारी गराउने र कर्मचारीको माधयमबाट आ –आफ्नो ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।

बैंकले एनबीआई मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक, शिक्षिकाहरु र विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । आवश्यक भएमा लदष् ले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]