March 25th, 2019

मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले दाङ जिल्लाको घोराही र बर्दिया जिल्लाको गुलरीयामा दुई नयाँ शाखा कार्यालय विस्तार गरेको छ । घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । कार्यक्रममा बोल्द, चौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

त्यस्तै, गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । कार्यक्रममा बोल्दै, यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

हालसम्म बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]