March 25th, 2019

नेपाल बैंकको नयाँ शाखा धादिङवेसीमा

बैंकिङ खबर । नेपाल बैंकले प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गवेसीमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकको सो नयाँ शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा उद्घाटन गरे ।

सोही अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैक लिमिटेड हाल वित्तिय आधारमा सवल बैकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे ।

कार्यक्रममा बैकका अध्यक्ष वासुदेव अधिकारीले बैकले धनी र गरीब दुवैलाई समान दृष्टिले हेरि बैकिङ सेवा मार्फत आर्थिक उन्नतीमा सघाउने वताउंदै यस बैकद्वारा उपलव्ध गराईने विभिन्न व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सेवाको सदुपयोग गरि उपयोग गर्न आग्रह गरे ।

यस शाखा समेत गरी हालसम्म बैंकले १ सय ६० शाखा कार्यलय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]