
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ वटा शाखा तथा १७ वटा एटीएम बाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्ने तयारी गरिरहेको जनाएको छ ।
चालु आर्थिक बर्षको चैत्र ६ गतेसम्म बैंकले २८ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।