March 21st, 2019

बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगः मोबाइल बैंकिङ प्रयोगकर्ता ६४ हजार

बैंकिङ खबर । पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिको प्रयोग बढाएसँगै बैंकिङ कारोबारमा सहजता हुँदै गएको छ । यसले वित्तीय पहुँचलाई पनि बढाएको बैंकर्सहरुको दावी छ ।

बैंकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, भाइबार बैंकिङ, पस मेसिन, एटिएम मेसिन, मोबाइल बैंकिङ लगायतका आधुनिक प्रविधि मार्फत आफ्नो सेवा विस्तार गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको छ महिना अर्थात पुष मसान्त सम्ममा ६४ लाख ५६ हजार ९ सय ९४ जनाले मोबाइल बैंकिङक सम्बन्धी सेवामा आवद्ध भएका छन् । जसमध्ये ५३ लाख ७३ हजार ३६ जना सेवाग्राहीले मोबाइल बैंकिङको प्रयोग सक्रिय रुपमा गरीरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]