Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायन्स लोटस फाइनान्सले १०ः६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

२०७३ जेष्ठ २४ गते

reliance lotusरिलायन्स लोटस फाइनान्सले १०ः६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनिको साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । सभाले कम्पनीकै नाम परिवर्तन गरी रिलायन्स फाइनान्स राख्ने, संस्थापक समूह तथा साधारण सेयर अनुपात ५१ः४९ प्रतिशत हुने गरी सञ्चालक संरचना परिवर्तन गर्ने तथा आव ०७३/७४ सम्ममा चक्ता पुँजी ८० करोड पुर्याउने तथा आफ्नो शेयरधनीलाई २१.०५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

आव ०७१/७२ मा कम्पनिले ४ करोड ५५ लाख १३ हजार खुद नाफा कमाएको छ । हाल ४ शाखामार्फत वित्तीय कारोबार गर्दै आएको सो फाइनान्सले २ अर्ब ४५ करोड ३१ लाख निक्षेप संकलन गरी १ अर्ब ९६ करोड ९२ लाख कर्जा लगानी गरेको जनाएको छ ।