प्रभु बैंकको एकै साथ दुई नयाँ शाखा विस्तार

बैंकिङ खबर । प्रभु बैंकले दुई नयाँ शाखाको विस्तार गरेको छ । बैंकले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा चैत ४ गते एकै साथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

झापा जिल्ला स्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखाकार्यालयको उद्घाटन झापा जिल्ला्का प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरे भने मोरङ्ग जिल्ला स्थित उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित उर्लाबारी शाखा कार्यालयको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरे ।

कार्यक्रममा बोल्दै दुई प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै उर्लाबारी तथा चन्द्रगढी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।

सञ्चालनमा आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखाकार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *