March 18th, 2019

बार्षिकोत्सवको अवसरमा पोखरा फाइनान्सको प्रभातफेरी कार्यक्रम

बैंकिङ खबर । पोखरा फाइनान्सले बैंकिङ साक्षता तथा सफा नोट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले २३औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाको बाझापाटन स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा आई समापन गरिएको थियो ।

यस्तै गरी संस्थाले आईतवार शैलुङटोल सुधार समिति, कुडहर र काहुँखोला टोल विकास समितिमा डस्टविन वितरण तथा प्रधान कार्यालयको प्राङगनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम क्षेत्रीय रक्तसञचार केन्द,्र पोखराको प्रविधिक सहयोगमा भएको थियो र उक्त कार्यक्रममा ६१ युनिट रगत सङकलन गरिएको थियो ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञचालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु एवं १ एक्सटेन्सन काउण्टर स्थापना गरिने संस्थाले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]