March 18th, 2019

सनराइज बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

बैंकिङ खबर । सनराइज बैंकले १ अर्ब रुपैयाँ बराबरकोे १० लाख युनिट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो बराबरको ऋणपत्र ५ वर्षका जारी गर्ने अनुमति पाएको हो । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष समय अवधिको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० हुने छ ।

बैंकले जारी गर्ने १० लाख युनिट मध्ये ६० प्रतिशत अर्थात ६ लाख युनिट व्यक्तिगत कम्पनीहरुलाई जारी गरिने तथा ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ ।ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकोे छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]