ओम डेभलपमेन्ट बैंक र एनबिआइ विच सम्झौता, बैंकका १०० भन्दा बढि कर्मचारी लावाम्भित हुने

बैंकिङ खबर। ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच सम्झैता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता सँगै ओम डेभलपमेन्ट बैंक एनबिआई सँग सम्झौता पहिलो विकास बैंक बनेको छ ।

सम्झौता सँगै एनबिआइ मार्फत ओम डेभलपमेन्ट बैंकका १०० भन्दा बढी कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने उल्लेख छ । बैंकिङ कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने उदेश्यले यो कोर्सको विकास गरिएको हो । बैंकका कर्मचारीहरुमा क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल बनाउनको लागि एनबिआइ सँगउक्त समझौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *