March 17th, 2019

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

बैंकिङ खबर । एनआईसी एशिया बैंकले नरहा गाउँपालिका वडा नं ५,सिरहा स्थित नरहामा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । सो नयाँ शाखाको उद्घाटन नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]